पर्सि शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् । पर्सि बेलुकातिर ठूलै पानी पर्ने सम्भावना भएकाले पर्सिदेखि प्रदूषण कम हुँदै जाने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार धेरै ठूलो पानी नपरे पनि प्रदूषण हट्ने गरी पानी पर्ने सम्भावना छ । पानी कति ठूलो पर्छ र बढी कुन क्षेत्रमा पर्छ भन्नेबारे भने भोलि शुक्रवार बेलुकातिरमात्रै भन्न सकिने उहाँले बताउनुभयो । नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ । स्थानीय वायुको प्रभावका कारण बेलुकातिर सामान्य हावाहुरी र पानी पर्ने गरेको भए पनि प्रदूषण हट्ने गरी पानी परेको छैन । यसैबीच आज बिहीवार बेलुका बागमती, गण्डकी र प्रदेश नम्बर एकका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ ।