सरकारले यसअघि वितरण गरेकाे सबै सवारी पास रद्द गरेको छ । अब ट्राफिक प्रहरीले पासभन्दा पनि गाडीको नम्बर प्लेटका आधारमा जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्रै चल्न दिने गृह मन्त्रालयले जनाएको छ ।
त्यही अनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी चलिरहेका छन् । आज जोर गते भएकाले मोटरसाइकल तथा निजी गाडीको अन्तिम नम्बर जोर भएका गाडी मात्रै चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिजोर नम्बर प्लेट भएका गाडी चलाइएको पाइएमा कारबाही स्वरुप दिनभरी नै होल्ड गरिनेछ । सरकारले जनजीवन सहज बनाउनको लागि लकडाउन केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे साधन चल्न दिने निर्णय गरेको छ ।