प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले मत विभाजनको माग गरेको छ । सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै बजेट पारित भएको घोषणा गर्नु भएको थियो । त्यसपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गर्नु भएको थियो । उहाँले बजेटको विपक्षमा मत धेरै रहेको आफूहरूलाई लागेका बताउनु भयो । त्यसपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया सुरु गराएको छ ।