हेटौडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको नबिल बैंक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता रकम वडा कार्यालयमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएको हो ।
पालिकाको आठ वटा वडा मध्ये ४ वटा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य आज बाट सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आजबाट आर्थिक वर्ष २०८१/०८२ को दोस्रो किस्ता बापतको रकम वडा कार्यालयबाट नै वितरणको काम सुरु गरेको हो । सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट नै वितरण गर्न कार्यलाई निरंरतार्ता दिदै आज वडा नम्बर १ आपटार बाट वितरणको काम सुरु भएको हो । यो किस्ता देखि वडा नम्बर २ शिखरकटेरीमा रहेको वडा कार्यालयबाट बाट पनि सुरु गरिने गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बताउनुभयो । साथै वडा नम्बर ज १ ,७ र ८ मा अघिल्लो आ व देखिनै वितरणको काम भईसकेको स्याङतानले बताउनुभयो । साथै आगामी दिनमा पालिकाले बैंकसंगको सहकार्यमा बाकि रहेको अन्य वडा कार्यालय ४, ५, र ६ बाट नै वितरण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरेको अध्यक्ष स्याङ्तानले बताउनुभयो ।
आज मकवानपुरगढी गाउँपालिका वडा १ बाट घुम्ती शिविर मार्फत १०५ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको गाउपालिकाका प्रसासन प्रमुख रघुनाथ हुमागाईले बताउनुभयो । ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवा लगायतका लाभग्राहीहरुलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले सहजताका लागि हाल ४ वटा वडाबाट भत्ता वितरण कार्य सुरु गरिएको उहाँले बताउनुभयो । हुमागाईका अनुसार भोलि पनि १ नम्बर वडा कार्यालयबाट भत्ता वितरण गरिने छ । साथै फागुन ४ र ५ गते वडा नम्बर २ , फागुन ७ र ८ गते वडा नम्बर ७ र फागुन ९ र ११ गते वडा नम्बर ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने हुमागाईले बताउनुभयो ।