देशका केही ठाउँमा हल्का वर्षा भएको छ । केही ठाउँमा पनि हल्का पानी परेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । आज दिउँसोपछि पनि पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।