हेटौंडा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै हेटौंडा मा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा-९ वडा कमिटीले सोमबार बिरोध प्रदर्शन गरेको हो ।

No description available.

सोमबार साँझ हेटौंडा-९ स्थित गुम्बा चोकमा युवा तथा महिलाहरुको उपस्थितिमा विभिन्न नारासहितको पम्प्लेट सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खानेतेल लगायतका बस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हरप्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजिनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने तथा लिपुलेक, लिम्पियाधुरासहितको चुच्छे नक्सा जारी गर्नुपर्ने लगायतका माग गरिएको थियो । हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य नरेन्द्र भण्डारीले आग्रह गरे । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा-९ वडा कमिटी अध्यक्ष बिबेक दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस्तै मूल्यवृद्धिको विरुद्धमा मंगलबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि राष्ट्रिय रुपमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

No description available.
No description available.