भीमफेदी – मकवानपुरको भीमफेदी गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्र भित्रका सबै अपाङ्गता भएका बालबालिकाहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्षाका रूपमा दाेस्राे कायर्कालका लागि आज पदभार गर्दै अध्यक्ष हिदम लामाले उक्त निर्णयमा हस्ताक्षर गर्नु भएकाे हाे ।
रकमको अभाव भएर उपचार हुने बालबालिकाको पनि उपचार नभएको अवस्थामा गाउँपालिकाले बालबालिकाको हितमा निर्णय गरेको अध्यक्ष लामाले बताउनुभयाे । बालबालिका भविष्याका कर्णधार रहेको भन्दै लामाले बालबालिकालाई स्वस्थ बनाउन सके गाउँपालिकानै स्वस्थ हुने बताउनुभयाे । उहाँले भन्नुभयाे ‘अहिलेका बालबालिका भनेका भोलीका देशका कर्णधार हुन, उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा बालवालिका हुँदाको अवस्थामा ध्यान दिन सकेन भने भालीको कर्णधारहरुलाई अन्याय हुनेछ, तसर्थ हामीले यस्ता फिजिकल्ली डिसेबल’ बालबालिकालाई उपचार गरि शसक्त बनाउने अभियानमा छौ ।’
गठवन्धनलाई दोश्रो पटिक पनि पराजित गर्दै विजयी हुनुभएका लामाले सुखि भिमफेदी, समृद्ध भीमफेदी बनाउने अभियानको सुरुवात यो निर्णयबाट भएको बताउनुभयाे । बालबालिकाको स्वास्थ्य शिक्षा तथा उनिहरुको लालनपालनको सबालमा गाउँपालिका गम्भिर भएको भन्दै उहाँले अबको पाँच वर्षमा भीमफेदीका कुनैपनि बालबालिकाको अनुहारमा उनिहरुको अविभावकको अनुहारमा दुखको रेसा नदेखिने दाबी गर्नुभयाे ।