हेटौंडा– स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा–७ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । त्यस्तै वडा अध्यक्षमा कांग्रेसका दामोदर गौतम १३९ मतले विजयी हुनुभएको छ । उहाले १४९० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले १३४९ मत ल्याउनु भएको छ । हेटौंडा–७ मा जम्मा २९४० मत खसेको थियो ।