हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ मा नेपाली कांग्रेसका कृष्ण बजगाई विजयी हुनु भएको छ । बजगाई ५० मत अन्तरले विजयी हुनु भएको हो । बजगाईले ८५१ मत प्राप्त गर्दा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टिका प्रसाद दाहालले ८०१ मत प्राप्त गर्नुभयो । यस वडामा मतगणना हुँदा एमालेका गाउँपालिकाका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईले ९७१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले ६२३ मत प्राप्त गर्नुभएको छ ।











