हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा दीपेन्द्र अधिकारी विजयी हुनु भएको छ । अधिकारी ७६२ मतसहि अध्यक्षमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका योगेन्द्र अर्यालले ५७३ र नेकपा एमालेका किशोर बर्तौलाले ५२१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी वडा सदस्यमा सरला थापा, सञ्जीता परियार, हीरालाल पाख्रिन र बुद्धिबहादुर स्याङ्तान विजयी हुनु भएको छ । यसअघि मतगणना सकिएका वडाहरु मनहरी–१ मा नेपाली कांग्रेसका शिवराज खनाल, मनहरी–२ मा नेकपा माओवादी केन्द्रका राजकुमार पाख्रिन, मनहरी–३ मा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल, मनहरी–४ मा माओवादीका केन्द्रका प्रकाश थापा वडा अध्यक्षमा विजयी भएका छन् ।