हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवनको आईतबार शिलान्यास गरिएको छ । वडा कार्यलय भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेको हो ।
विगत ३ वर्ष देखि भाडामा कार्यलय सन्चालन गरेरहेको १४ नंम्वर वडाले ४५ लाखको लागतमा ४ कोठे भवन निर्माण गर्न लागेको हो । वडा कार्यलय १४ नंम्वर वडा स्थित मयुरधापमा निर्माण गर्न लागिएको वडा अध्यक्ष दिपक खड्काले जानकारी दिनुभएको छ । भवन शिलान्यास कार्यक्रममा १४ नंम्वर वडा सदस्य चमेली शिन्जाली मगर, चन्द्र बहादुर स्याङ्तान, राम बहादुर लामा, कमला दर्नाल लगायतको सहभागि रहेको थियो । हेटौडा उपमानगरपालिकाले आफनो भवन नभएका वडा कार्यालयहरुको भवन निर्माणको कार्य गर्दै आएको छ ।