हेटौंडा– हेटौंडामा आगामि असोज २, ३ र ४ गते मनाईने संविधान दिवशको तयारी तीब्र पारिएको छ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरमा मनाउने दिवशलाई भव्य बनाउन तयारी तीब्र पारिएको हो ।
दिवशलाई भव्य बनाउने संदर्भमा आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालले नगरका विभिन्न वडाहरुमा तयारकिा संदर्भमा जानकारी लिनुभएको छ । प्रमुख खुलालले हेटौंडाको वडा नम्बर १, २, ४, ५, ६, ७, ८, ९ र १० नम्बर लगायत वडामा भएको तयारीका विषयमा जानकारी लिनुभएको हो । उहाँले जनताद्धारा निर्मित संविधान लाई भव्य रुपमा मनाउने सन्दर्भमा सबैलाई सहकार्य गर्न आग्रह समेत गर्नुभयो ।
यसैबिच तयारीका सन्दर्भमा आईतबार विहान संविधान दिवश मुल समारो समितिका अध्यक्ष एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी लिनुभएको छ । विभिन्न उपसमितिका संयोजकहरुसंग उहाँले तयारीका विषयमा हाल सम्म भएका प्रगतिका बारेमा जानकारी लिनुभएको हो । साथै उहाँले प्रदेशका १३ वटै जिल्लामा संविधान दिवश भव्य रुपमा मनाउनु पर्ने धारणा समेत व्यक्त गर्नुभयो ।
प्रदेश ३ को राजधानी हेटौंडामा भने ५ हजार जनाको सहभागिता गर्ने तयारी रहेको छ । संविधान दिवशका अवसरमा प्रदेश स्तरीय संविधान दिवश मुल समारोह समितिले असोज २ गते नगर, कार्यालय, घर सरसफाई, संचार माध्यममा परिसम्वाद कार्यक्रम, पत्रपत्रिकामा शुभकामना लेख रचना प्रकाशन गर्ने, खेलकुद कार्यक्रम खुल्ला दौड कार्यक्रम आयोजना गर्ने, संविधान र संविधानबाद बिषयमा बिचार गोष्ठी र साँझ हरेक कार्यालय तथा घरमा दिपावली गर्न गराउन आव्हान गर्ने निर्णय गरेको छ
त्यस्तै संविधान दिवशको मुल दिन असोज ३ गते बिगुल बजाउने, तोप र बन्दुक बढाई गर्ने, सहिदको आत्माको चिर शान्तिको लागि मठ मन्दिर, मश्जिद, गुम्वा, चर्च आदिमा पुजापाठ÷प्रर्थनाको व्यवस्था गर्ने, हेटौंडाकोभुटनदेवी स्क्लको प्रांगणमा जम्मा भएर ¥याली सहित मकवानपुर बुहमुखि क्याम्पसमा पुगेर प्रदेशिक विभिधता झल्कने गीत, नृत्य, झाँकी, सुरक्षाकर्मीद्धारा परेड कार्यक्रम आयोजना गर्ने, सम्पुर्ण सरकारी कार्यालय तथा उद्योग एवम् निजि घरमा साँझ दिपावली गर्न आव्हान गर्ने र असोज ४ गते सार्वजन्कि तथा कार्यालय परिषरमा बृक्षारोपण, खुल्ला रक्तदान कार्यक्रम तथा साँझ सरकारी कार्यालय तथा उद्योग एवम् निजि घरमा साँझ दिपावली गर्न आव्हान गर्ने निर्णय गरेको छ ।
यसका साथै जिल्ला समन्वय समितिले आफ्नो क्षेत्र भित्रका सबै स्थानीय तहमा भव्यताका साथ संविधान दिवश मनाउन अनुरोध गर्ने तथा सार्वजनीक स्थल÷चोकमा झण्डा फहराउने व्यवस्था गर्ने एवम अन्य कार्यक्रम समेत संचालन गर्ने निर्णय गरेको छ ।