हेटौंडा । मकवानपुर प्रहरीले दुइ वटा भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–११ बाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हाे ।
प्रहरीले स्थानीय ३७ वर्षिय सोम बहादुर नेसुरले आफ्नो घरमा अबैध भरुवा बन्दुक लुकाई राखेको छ भन्ने सुचनाका आधारमा उनलाइ नियन्त्रणमा लिएको हो । प्रहरीलाई प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठिगनबाट खटिएकाे प्रहरी टाेलीले नेसुरको घरको खनतलासी गर्दा निजको ढुङ्गा माटोले बनेको जस्तापाताले छायको भुईतले घरको चोटाबाट भरुवा बन्दुक २ थान र सोहिमा बन्दुकमा लाग्ने बारुद छर्रा फेला पारीएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।