तोकिएकै समयमा योजना तथा कार्यक्रमहरु कार्यान्वय गर्न सुझाव

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको नियमित अनुगमनका क्रममा बुधवार जिल्लाको हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिककको अनुगमनका क्रममा आज हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरिएको हो ।

जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा यस अघि जिल्लाको बागमती, बकैया र भीमफेदी गाउँपालिकाको अनुगमन पश्चात आज हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरिएको हो । बिशेष गरि जिससले पहिलो चौमासिकमा स्थानीय तहहरुले गर्नुपर्ने कामका विषयमा अनुगमन गरेको हो । योजना कार्यान्वयनका लागि पुर्व तयारीको समय भएकाले यो समयमा लागत स्टीमेट तयार, उपभोक्ता समिति गठन, योजना सम्झौता, लगायत विषयमा अनुगमन गरिएको जिसस प्रमुख खुलालले बताउनुभयो ।

अनुगमनका उहाँले क्रममा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम तोकिएको समय सिमा भित्र योजना तर्जुमाका सात चरणहरु पार गरी समयमै योजना तथा कार्यक्रमहरु तय गर्ने कार्यलाई अझ व्यवस्थित बनाउन सुझाव दिनुभयो । उहाँले प्राकृतिक स्रोतको व्यवसिथत उपयोगमा ध्यान दिन, करको दर भन्दा पनि दायारा बढाउने र आय पक्षलाई बलियो र भरपर्दो बनाउने तर्फ उचित कदम चाल्न समेत सुझाव दिनुभयो ।यस्तै उहाँले काेराेना भाइरसका बारेमा जनचेनना जगाउन साथै वडाहरूमा व्यवस्थित याेजनाका साथ काम गर्न वडा अध्यक्षहरूलाइ सुझाव िदनुभयाे । यस्तै जिसस उपप्रमुख भगवती पुडासैनीले लैङ्कि मैत्री बजेट कार्यान्वयनमा जोड दिन सझाव दिनुभयो ।
कार्यक्रममा उपमहानगरपालिकाका तर्फबाट चालु आर्थिक वर्षमा हालसम्म भएका उपलब्धीहरुका विषययमा सुचना शाखा प्रमुख भानुभक्त थपलियाले प्रस्तुती गर्नुभएकोे थियो । छलफलमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रमुख कार्यकारी अधिकृत, जिल्ला समन्वय अधिकारी आनन्दराज पोख्रेल, सदस्य देवराज रिमाललगायत विभिन्न वडाका वडाअध्यक्षहरुको सहभागिता थियो ।

चालु आवमा हालसम्म हेटौंडा उपमहानगरपालिकाको प्रगती यस्तो छ ।