मकवानपुर– मकवानपुरमा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोशालाबाट बुधबार साँझ प्राप्त रिपोर्ट अनुसार १८ महिला र २८ पुरुष गरि ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्राप्त विवरण अनुसार हेटौंडा उप महानगरपालिका क्षेत्रका ४४ जना, चितवन घर भई हेटौंडा बस्दै आएका १ जना र मकवानपुरगढी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ । आज सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ११ मा १८ जना सङ्क्रमित थपिएका छन् । यसअघि आज बिहान सार्वजनिक भएको विवरणमा मकवापनुरमा ७९ जनामा कोरोना पुष्टि भएको थियो ।