हेटौंडा– हेटौंडा १४ मा जारी टोल बिकास संस्था स्तरीय ९ ए साइड फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा समृद्धि टोल बिकास सस्था ए र बि बिजयी भएका छन् । आजको खेलमा समृद्धि टोल बिकास सस्था ए ले लक्ष्मी टोल बिकास सस्थालाई र समृद्धि टोल बिकास संस्था बि ले पञ्चबुद्ध टोल बिकास सस्था ए लाई पराजित गरेको हो ।
आजको पहिलो खेलमा समृद्धि टोल बिकास सस्था ए ले लक्ष्मी टोल बिकास सस्थालाइ ३–० गोल अन्तरले पराजित गरेको हो । समृद्धि ए का लागि जर्सी नम्बर १० का खेलाडी राजु थापा, जर्सी नम्बर ९ का किरण स्याङ्तान र जर्सी नम्बर ४ का बिजय स्याङ्तानले गोल गरेका थिए ।
त्यस्तै आजै भएको अर्को खेलमा समृद्धि टोल बिकास संस्था बि ले पञ्चबुद्ध टोल बिकास सस्थाको ए लाइ २–० गोल अन्तरले पराजित गरेको हो । समृद्धि बि का लागि जर्सी नम्बर ७ का आशिष मगरले दुबै गोल गरेका हुन् । प्रतियोगिता अन्तर्गत भोलि चार खेल हुने छ । भोलि बिहान हुने खेलमा समृद्धि ए र गौरी टोल बिकास सस्था र आयोजक पञ्चबुद्ध ए र पञ्चबुद्ध बि तथा दिउसो हुने खोलमा चुरियामाइ टोल बिकास संस्था र लक्ष्मी टोल बिकास संस्था र कालीदेबि टोल बिकास संस्था र समृद्धि बि बिच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक एक गते हुनेछ ।