मकवानपुर – मकवानपुरमा जारी निषेधाज्ञा पुन एक साताका थप गरिएको छ । गत बैशाख २१ गते देखि लगातार जारी निषेधाज्ञा पटक पटक थप गरिर्दै पुन आगामी साउन १४ गतेसम्म थप गरिएको हो ।
बुधबार (आज) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको तर, जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । निषेधज्ञामा यस अघिको निर्णयलाई यथावत राखिएको छ ।
हेर्नुहोस आदेश

May be an image of text
May be an image of text