हेटौंडा – बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको उदघाटन गरिएको छ। हेटौंडा–११ सिमलटार स्थित नवनिर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार उदघाटन गर्नुभएको हो ।
यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव बहादुर भण्डारीको सभाध्यक्षतामा भएको नवनिर्मित भवन उदघाटन कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल,भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल लगायतको उपस्थिति रहेको थियो । नवनिर्मित भवन बागमती प्रदेश सरकारको २ करोड ४४ लाख १७ हजार लागतमा शिवालय बिल्डर्स प्राली पोखरीचौरी काभ्रेले निर्माण सम्पन्न गरेको हो ।नवनिर्मित भवनको प्रयोगशाला सहित १९ वटा कोठा रहेको छ।