हेटाैंडा । साहित्य सङ्गम मकवानपुरको ३३५ औं नियमित साहित्य सन्ध्या कार्यक्रम शनिबार (आज) विभिन्न स्रष्टाहरूलाइ सम्मानित गर्दै सम्पन्न भएको छ । हेटौंडास्थित सङ्गमको भवनमा सम्पन्न कार्यक्रममा २०७९ मा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गर्नुहुने मकवानपुरका ९ जना स्रष्टाहरूलाई सम्मान गरिएकाे हाे ।
साहित्य सङ्गमका अध्यक्ष डि.बि.बर्तौलाको अध्यक्षतामा भएकाे कार्यक्रममा मानचित्रमा देश,अक्षर र आराधना कृतिका लागि मसान उपासक,छेलिएका अनुहार कृतिका लागि प्रताप विष्ट,शिक्षकको भाषा कृतिका लागि छवि अनित्य,खुसी कृतिका लागि किसन पौडेल,तिल गङ्गा गोविन्द कृतिका लागि सुभाषचन्द्र पौडेल भीमफेदीया,कोरिएका धर्साहरू कृतिका लागि ऋत्विक् के.बी,अभियुक्त समय कृतिका लागि समर्पण न्यौपाने,कठघरमा देश,मकवापुरका काव्य:अवलोकन र अध्ययन कृतिका लागि बिर्खे अन्जान,छैन कसोरी तिमी कृतिका लागि पुरुषोत्तम आचार्यलाइ सम्मानित गरेकाे हाे ।
कार्यक्रममा सम्मानित स्रष्टाहरू ऋत्विक् के.बी,समर्पण न्यौपाने,छवि अनित्य,किसन पौडेल,बिर्खे अन्जान,सुभाषचन्द्र पौडेल भीमफेदीया लगायत समीक्षकद्वय हरिकृष्ण काफ्ले तथा शान्तिप्रिय वन्दनाले कवितासमेत वाचन गर्नु भएकाे थियाे । त्यसैगरी कविहरू दिनेश शर्मा,सुवास खनाल,जनार्दन खनाल,मनोज पोखरेल,कुवेर पराजुली,कृष्टिना कार्की,सरजु भण्डारी,दीपिका लम्साल,बिजनेस सन्जेल,प्रकृति अर्याल,अनसूया खनाल,रिजन राना,सुवास सजल,रोशनी चौलागाई,बैकुण्ठ लामिछाने,ठाकुराम भण्डारी,कमल नेपाल,विष्णु न्यौपाने,पुण्यशिला श्रेष्ठ, ऋषि के.बी,सानुभाइ विश्वकर्मा,लक्ष्मी कँडेल,ऋषिराम पाण्डे,ओमभक्त भण्डारी,स्वस्तिका बानियाँ,रजनी पौडेल, सम्प्रस पौडेल र सन्जित श्रेष्ठले पनि कविता वाचन गर्नुभएकाे थियाे ।
साहित्यकार नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्य भएकाे कार्यक्रममा साहित्य सङ्गमका उपाध्यक्ष सानु खनाल,श्यामकुमार बानियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे सङ्गमका सचिव मनोज पोखरेलले जानकारी दिनुभयाे ।