मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आईतबार (आज) बोलाउनु भएको सर्वदलिय बैठक निष्कर्ष बिहिन भएको छ । संसदीय समितिको सभापति चयनलगायत समसायिक विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले संसदीय समितिको सभापति चयन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा विषयमा छलफल गर्न बैठक बोलाईएको थियो । तर, बैठकमा कुनै सहमति नभएको बैठकमा सहभागि एक नेताले जानकारी दिनुभयो । बैठकमा कुनै सहमति नजुटेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल बैठक सकिनु अघि नै बाहिरिनु भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलको सक्रियतामा प्रदेश सभामुखको सचिवालयले बोलाएको बैठकमा सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति नभएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले जनाएको छ । बैठकपछि कुरा गर्दै एमाले नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको बताउनुभयो । ‘मुख्यमन्त्रीले एनजिओ शैलीमा सरकार चलाए, सरकारले आफ्ना कार्यकर्ता प्रोत्साहन गर्ने काम मात्र ग¥यो प्रतिपक्षलाई बेवास्ता ग¥यो’, उहाँले भन्नुभयो, ‘संविधानले दिएको अधिकारमा रहेर संसद्ले गरेका निर्णय विरुद्धका काम सरकारले गरिरहेको छ ।’
एकीकृत समाजवादी संसदीय दलको नेता कृष्ण खनालले सबैको कमजोरीका कारण बैठक निष्कर्षविहीन बनेको बताउनुभयो । ‘सरकार र प्रतिपक्ष दुवै समस्या समाधान भन्दा पनि समस्या बढाउनेतिर केन्द्रित भए । पाउने र गुमाउने विषयमा मात्र छलफल भयो’, खनालले भन्नुभयो, ‘बजेट तैँले कति लिने मैले कति लिने भन्नेमा छलफल केन्द्रित भयो, संसदीय समितिका सभापति चयनबारे छलफल प्रवेश नै भएन ।’ खनालले भन्नुभयो ।