एसियाली खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । १९औँ एसियाली खेलकुदमा चीनले २ सय १ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान समेत बनाएको छ । यसअघि सन् २०१० मा ग्वाङझाउमा भएको एसियाली खेलकुदमा चीनले १ सय ९९ स्वर्ण जितेको थियो ।
यो प्रतियोगितमा चीनले समग्रमा २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यसहित ३ सय ८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १ सय ८८ पदक जितेर दोस्रोमा भयो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १ सय ९० पदक जितेर तेस्रोमा बनेको छ । यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । त्यस्तै ३८ रजत ४१ कांस्यसहित १ सय ७ पदक जितेर भारत चौथोमा रह्यो । एक रजत र एक कांस्य जितेको नेपाल ३३औँ स्थानमा रह्यो । ४५ देश सहभागी भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताको समापन समारोह आज बेलुका हुँदैछ ।