मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१५ स्थित दिव्य सेवा निकेतन (बृद्धाश्रम) लाई अनुदानमा बेसारको बिउ उपलब्ध गराईएको छ । कृषि ज्ञान केन्द्र चितवनले शुक्रबार आश्रममा नै पुगेर उन्नत जातको बेसारको बिउ हस्तान्तरण गरेको हो ।

शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा ज्ञान केन्द्रका कार्यालय प्रमुखलगायत टोलीले बेसारको बिउ प्रदान गर्नुभएको हो । आश्रमको बरीपरी रहेको खालि जग्गामा बेसार उत्पादन राम्रो हुने र आश्रममा आश्रितहरुका लागि बेसार किन्न नपरोस भन्ने उदेश्यले ज्ञान केन्द्रले २ क्वीन्टल बेसारको उन्नत जातको बिउ प्रदान गरिएकाे हो ।