सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत शनिबार बिहान शनिबार बिहान भएको दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट आउदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालक सहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ बर्षीय मदन कुमार थापा क्षेत्री, बसका यात्री भारतीय नागरिकद्धय अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र ४० बर्षीय सुनिल कुमार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बस चालक र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा बसमा सवार ७ जना र ट्रकका चालक, सहचालक र एक जना यात्रु सहित १० जना घाइते रहेको तथा उनीहरुको हेटौंडा र भरतपुरस्थित पुरानो मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।