सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन गरिने भएको हो । हवाई सेवा, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने घोषणासमेत अर्थमन्त्रीले गर्नुभयाे । रारा तालको गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयाे । सरकारले माध्यामिक स्तरभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयलाई समावेश गर्ने घोषणा समेत गरेको छ ।