कोरोना प्रभावित क्षेत्रमा सरकारले बीमा प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि १३ अर्ब ९६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै बिमाको पहुँच बढाउने बताउनुभयाे । आगामी आर्थिक वर्षमा वित्तीय साधनको परिचालन उत्पादनमुखी बनाइने उहाँको भनाइ छ । पुँजी निर्माण र व्यवसायी वातावरण निर्माण गर्न विभिन्न उपायहरु अपनाइने अर्थमन्त्री खतिवडाले बताउनुभयाे । अर्थमन्त्री खतिवडाले बीमाको दायरा विस्तार गर्ने र दाबीलाई सहज बनाउने समेत बताउनुभयाे । उहाँले आगामी आर्थिक वर्ष सबै नागरिकमा बीमाको पहुँच सहज बनाउन घुम्ती बीमा कार्यक्रम चलाइने बताउनुभयाे ।