फाइल फाेटाे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरू देशद्रोही भएको बताउनु भएकाे छ । आज दैलेखको राकममा आयोजना गरिएको सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कोही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी भएको बताउनुभयाे ।
नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्ने बित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गर्नुभयाे । एमाले सरकारबाट बाहिरिएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको उहाँको दाबी छ । एमाले सरकारमा हुँदा गरिबी घटेको र रोजगारी बढेको भन्दै उहाँले फेरि पनि विकासका लागि एमाले चाहिने तर्क गर्नुभयाे ।