हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका लोक बहादुर मोक्तान ८०४ मतले अगाडि लागेका छन् । अहिले सम्मको मतगणनामा कांग्रेसबाट उम्मेदवारी दिएका मोक्तानले २५४८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका नरेन्द्र रिजालले पछ्याउँदै छन् । रिजालले १७४४ मत प्राप्त गरेका छन् । कैलाश गाउँपालिकामा ५२४५ मत गणना गर्दाको मत हो । यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बालकुमार मल्लले १९५१ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी सुकु मायाँ थिङले १६५८ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा २९३ मतले मल्ल अगाडि छन् । कैलाशमा १४५८६ मतदाता रहेकोमा १०८६५ जम्म मत खसेको थियो ।