मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार सुरेश रजककाे हत्या र सञ्चार गृहमाथि भएको आक्रमण विरुद्ध विरोध सभा आयोजना गरेको छ । चैत्र १६ गते स्थापना दिवसकै दिन पत्रकार र सञ्चार माध्यममाथिकाे आक्रमणकाे बिराेधमा महासंघले पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर विरोधसभा आयोजना गरेको हो ।
महासंघ मकवानपुरको आयोजना एवम् प्रदेश पत्रकार महासंघको समन्वयमा हेटौँडा–२ पल्पसा हलबाट ¥यालीसहित सिमाचोकमा पुगेर विरोध सभा आयोजना भएको थियो । पल्पसा सभागृहबाट सुरु भएको पत्रकारहरूको प्रदर्शन मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै स्कुरोडमा गएर विरोध सभामा परिणत भएको थियो ।

May be an image of 6 people, crowd and text that says 'Insta Finance ၁ Xinterest HFL यहां उपलबध ਲ| -OFFER पुरात्तो สิตร์ช हहाउकषत सोवाडईीकर सोवािकर आय हत्याको न गर बेडा मोवाईल हाउ टीडा- निमाबोक EM M नागरिक स्वतक्रताकोले लिन पा ागर। हना पत्रकार सरे कत्यारालाई प्रेस स्वतन्ताता जिन्दावाद जज्रमाधिको 물전품 星 कितपक्र GAUGN NGEGLS तुगर। प्रेस स्वट्लाता जिनद हराए हार्दिकश्रदाजजली हार्दिक श्रदा्जली सुरेश| कार जाराला पत्रकार सुरक्षाको मारेणटी गार। रिक स्वतन्रताको रद्'

सभामा बोल्नुहुँदै पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चार माध्यम माथिको आक्रमण नियोजित रूपमा भएको बताउनुभयो । गणतन्त्र ल्याउन २०६२÷०६३ को जनआन्दोलनमा पत्रकारहरुले ठुलो भुमिका निर्वाह गरेको उहाँले बताउनुभयो । सञ्चारकर्मीहरुले कुनै वंशको शासन नचाहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
त्यसैगरी महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले संविधानको परिधी भित्र रहेर शासनसत्ता हातमा लिन पूर्व राजा ज्ञानेन्द्र शाहलाई आग्रह गर्नुभयो । हिंसात्मक गतिविधि त्यागेर २०८४ को चुनावमा राजनीतिक दलहरुसंग प्रतिस्पर्धा गरेर शासन सत्ताको नेतृत्व लिन पूर्व राजा शाहलाई उहाँले आह्वान समेत गर्नुभयो । नागरिकको सम्पत्ति जलाउने राजावादीहरुलाई जनताले विश्वास नगर्ने पनि अध्यक्ष अधिकारीले बताउनुभयो । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा मकवानपुरका पत्रकारहरू आन्दोलित भएका हुन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नागरिक समाज लगायतका प्रतिनिधिले पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।