मकवानपुर – मकवानपुरमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा (मदनभण्डारी) सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा बागमती गाउँपालिका–७ की सलिना राइ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । आइतबार दिउँदो बागमती–९ स्थित बेतिनीबाट सिन्धुली दुलही लिन जन्ती हिँडेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पताल, हेटौंडा अस्पताल र शहकारी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाई थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।