नेकपा एकता राष्ट्रिय अभियानले संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएकाे छ । गौतमको अध्यक्षतामा आज आइतवार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, मीननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले विज्ञप्तीि निकालेर जानकारी गराउनुभएको छ ।
अध्यक्षलाई निष्कासन गर्ने पाँच जनाले गरेका क्रियाकलाप आपत्तिजनक र अस्वीकार्य रहेको, उनीहरू सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।हिजाे शनिवार नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलकाे बैठकले संयोजक वामदेव गौतममाथि पाँच बुँदे आराेप लगाउँदै निष्कासन गरेको थियाे ।
यस्ताे छ विज्ञप्ति–