हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट संगठनको उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा, सचिवमा गोपीरमण प्याकुरेल र कोषाध्यक्षमा भावना सापकोटा, सहसचिवमा सविता लामिछाने र सहकोषाध्यक्षमा दिपेश लामा चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा सविता तिमल्सिना, भरत पोखरेल, सरोज फुयाल, इश्वर आले, रत्नबहादुर स्याङ्तान,गिता पौडेल, लालुमाया रुम्बा,सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गिताकुमारी न्यौपाने, हरिहर खनाल लगाएत चयन भएको नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।