हेटौँडा । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा भोली सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मिति २०८१ चैत १८ गते सोमबार ईद उल फित्रको अवसरमा बिदा दिने जनाएको छ ।
गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मिति २०८०।१०।२९ गते नेपाल राजपत्रमा प्रकाशित निर्णय बमोजिम ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने व्यवस्था छ । सोहीअनुसार चैत १८ गते सोमबार देशभर सार्वजनिक बिदा हुने मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । ईद उल फित्र इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ ।