मकवानपुर– मकवानपुरकाे कैलाश गाउँपालिकाले पनि लक डाउनका बेला गाउँपालिकाभन्दा बाहिर रहेका नागरिकको खोजी सुरू गरेकाे छ । गाउँपालिकाले अनलाइनमार्फत फारम भरेर बिचल्ली परेका आफ्ना गाउँपालिका क्षेत्रका नागरिककाे खाेजि सुरु गरेको हाे ।

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण कैलाश गाउँपालिकाका नागरिकहरु कहीँ कतै अलपत्र नपरुन् सहजै राहत तथा उद्धारका लागि सहयोग गर्न अनलाइन फारम भर्न सर्भे सिस्टमको सहयोग लिइएको गाउँपालिका अध्यक्ष टंक माेक्तानले जानकारी दिनुभयाे । कैलाश गाउँपालिका क्षेत्र भन्दा बाहिर रहनु भएका कैलाश निबासीलाइ सर्भे फारम अनिवार्य भर्न समेत अध्यक्ष माेक्तानले अनुरोध गर्नुभएकाे छ । त्यस्तै जिल्लाकाे थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाले पनि आफ्ना नागरिककाे खाेजिकालागि अनलाइन फारम भर्ने व्यवस्था गरेकाे छ । जस्ले गर्दा ती पालिकाका नागरिकलाइ सहज भएकाे छ ।

फारम भर्ने लिंककाे लागि यहाँ क्लिक गर्नुहोस ।