फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल रुपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा महामन्त्री गगन थापाले नाम बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेका थिए । कांग्रेसको विधानमा ४६ सदस्यीय समितिको व्यवस्था भएपनि आज ३७ सदस्यीय समिति गठन गरिएको हो । पदाधिकारी भने स्वतः सदस्य हुने व्यवस्था रहेको छ।