मकवानपुर– हेटौंडा उपमहानगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आजबाट “अटो एम्बुलेन्स” सेवा सुरु गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आजबाट संक्रमित बोक्न हरेक वडामा दुईवटाका दरले अटो एम्बुलेन्स संचालनमा ल्याइएको हो ।

बैशाख २७ गते जिल्ला प्रशासन कार्यलय मकवानपुरले अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । हेटौंडा उपमहानगरपालिका अन्र्तगतका वडा कार्यालयहरुसंग आवश्यक समन्वय गरी प्रत्यक वडामा दुईरदुई वटा अटो एम्बुलेन्स संचालन गर्ने प्रशसनले निर्णय गरेको थियो । सोहि अनुसार नेपाल अटो तथा विद्युत यातायात प्रा.ली हेटौंडाले आजबाट अटो एम्बुलेन्स संचालमा ल्याएको हो ।