मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख प्रमुख रघुनाथ खुलालले बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने प्रदेश सरकारको निर्णय तत्काल रोक्न माग गर्नुभएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै प्रमुख खुलालले प्रदेश सरकारको निर्णय पञ्ति आम मकवानपुरवासी गम्भिर भएको भन्दै तत्काल निर्णय फिर्ता लिन अनुरोध गर्नुभएको छ ।
विज्ञप्तीमा उहाँले मकवानपुरलगायत छिमेकि जिल्ला बारा, पर्सा रौतहटसम्मका नागरिकको सहज स्वास्थ्यको पहुँचामा रहेको अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरि ल्याउन लागिएको अध्यादेशले नागरिक प्रति सरकार गम्भीर नरहेको बुझिएको भन्दै त्यस्तो प्रकारको निर्णयले संघीयता र सरकार प्रतिको नागरिकको विश्वास गुम्ने हुँदा यस्ताे कसैलाई मान्य नहुने निर्णय तत्काल फिर्ता लिन अनुरोध गर्नुभएको छ । हेटौडामा नै चिकित्सा शिक्षा अध्यापन गराउने र प्रतिष्ठान मार्फत अस्पताल सञ्चालन गरिएपछि सेवामा निकै सुधार आएको भन्दै सामान्य ५० शैयामा सिमित रहेको हेटौडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रुपान्तरण गर्ने काममा वर्तमान सरकारले अवरूद्ध गर्ने गरि ल्याउन लागेको अध्यादेशलाई सच्याउन अनुरोध गर्नुभएको छ । उहाँले जनताको बिरुद्धमा गए यसपछि उत्पन्न हुने परिणामको भागिदार प्रदेश सरकार हुने कुरा समेत अवगत गराउनुभएको छ ।
हेटौंडा अस्पताल प्रतिष्ठान मातहतमा आएपछि शिक्षण अस्पताल सञ्चालनका लागि प्रतिष्ठानमार्फत धमाधम भवन निर्माण भइरहेका साथै आईसियु, एचडियु, अक्सिजन प्लान्ट डायलसिस सेन्टर, सिटि स्क्यान, एमआरआई, भेन्टिलेटर लगायतका सेवाहरु विस्तार भइरहेको तथा निर्माणाधिन भवन सम्पन्न पश्चात सेवा अझ विस्तार हुने क्रममा रहेको बताउनुभएको छ । ५० वाट ३०० शैया हुँदै हाल ५०० शैयामा पुग्ने क्रममा रहेको अस्पताललाई प्रतिष्ठान मार्फतनै सञ्चालन गर्नुपर्ने उहाँले माग गर्नुभएको छ । प्रतिष्ठानबाट अलग गराउदा अस्पतालको स्तरोन्नतिमा बाधा उत्पन्न हुने आम मकवानपुरवासीको ठम्याई रहेको भन्दै उहँँले तत्कालिन सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने खेलमा नलागि अस्पताल र प्रतिष्ठानलाई छुट्याउने निर्णय तत्काल रोक्न माग गर्नुभएको छ ।
बिज्ञप्ती
Home प्रमुख समाचार अस्पताल र प्रतिष्ठानलाई छुट्याउने निर्णय तत्काल रोक्न प्रमुख खुलालकाे माग (विज्ञप्तीसहित)