मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका स्थित कोगटे खोलामा डुबेर १ जना बेपत्ता भएका छन् । भिमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा शनिबार दिउँसो पौडी खेल्न आएका ललितपुर जिल्ला घर भएका १९ बर्षीय सितल बडाल खोला छेउमा बस्ने क्रममा चिप्लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता भएका बडालसहित ६ जनाको टोली घुम्न आएका थिए । बडाल चिप्लिएको ठाउँमा पानी जमेको ठुलो खाल्डो भएका कारण उक्त स्थानको पानी जेसिभीद्वारा खोलेर बडालको खोजी कार्य भइरहेको छ । बेपत्ता बडाललाई नेपाली सेना, नेपाल प्रहरीसहित संयुक्त टोलीहरुले खोजी गरिरहेको जनाएको छ ।