मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले खेलकुदका माध्यमबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव रहेको बताउनुभएको छ । बुधबार हेटौंडा–१४ स्थित मदन भण्डारी स्पोर्ट एकेडेमीको वडा भेला तथा कमिटी गठन कार्यक्रममा बोल्दै उहाँले खेलकुदका माध्यमबाट आफु सङ्गसंगै सामाज र रास्ट्रलाई विश्वसामु चिनाउन र आर्थिक उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।

नवगठित स्पोर्ट एकेडेमी वडा कमिटीलाई बधाई दिँदै उहाँले खेलकुदमा आवद्ध भएर खेलसंगै समृद्धिका पक्षमा लाग्न साथै आफु सङ्गसंगै सामाज र रास्ट्रको गरिमा बढाउने तर्फ लाग्न आग्रह समेत गर्नुभयो । उहाँले स्पोर्ट एकेडेमीका माध्यमबाट व्याक्तित्व निर्माण बैचारिक अनुशासित साथै दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले स्पोर्ट्स एकेडेमीमा रहेर मदन भण्डारीका बिचार र बिमर्श सहितको समाज परिवर्तनको पक्षमा अगाडि बढन कार्य समितिलाई सुझाव समेत दिनुभयो । युवाले समाज परिवर्तनका सम्वाहक भएको भन्दै प्रमुख खुलालले खेल कसैको निजि नहुने र खेलले नै देशले चिनाउने हुँदा मदन भण्डारी स्पोर्ट एकेडेमी मार्फत विभिन्न खेल क्षेत्रमा अगाडी बढ्न् शुभकामना दिँदै नवगठीत समिति मार्फत प्रतिफल देख्न पाइने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाअध्यक्ष एवम् मदन भण्डारी स्पार्ट एकेडेमीका केन्द्रिय सदस्य नविन सिग्देलले अहिले तिनै तहको सरकारले विशेष प्राथमिक्ताका साथ काम गरिरहेको बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१४ नम्बर वडा अध्यक्ष दिपक खड्काले कमिटिले यस क्षेत्रको समाजमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले १४ नम्बर वडा खेल क्षेत्रमा निकै अगाडी बढेको भन्दै भविष्यमा वडामै स्थापना हुने एनफा एकेडेमीले अझै यस क्षेत्रको विकास हुने बताउनुभयो । उहाँले वडालाई खेलकुद पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ काम अगाडी बढेको समेत बताउनुभयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा उपमहानगर कमिटी अध्यक्ष सविन लामाको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, नेकपा सदस्य टिकाराम घिसिङ्, नगरकार्यपालिका सदस्य रत्नलाल वि.क. , वडा १४ वडा सदस्य चन्द्र बहादुर स्याङ्तान, चमेली सिन्जाली मगर, स्पोर्ट एकेडेमीका सल्लाहाकार सुनिल लोप्चन, उपाध्यक्ष प्रकाश सुवेदीलागयतको आतिथ्यता थियो ।
२७ सदस्य वडा कमिटी गठन

भेलाले सुरेश रुम्बाको अध्यक्षतामा २७ सदस्य मदन भण्डारी स्पोर्टस एकेडेमी वडा कमिटी गठन गरेको छ । नवगठीत कमिटीको सचिवमा सिद्धान्त सापकोटा, कोषाध्यक्षमा निशा गुरुङ्लाई चयन गरिउको छ । यस्तै कार्य समितीको सदस्यहरु रामशरण मोक्तान , सागर मोक्तान , वेगराज वाईवा , दिपक सिं गोङ्बा , अजय गोले , महेन्द्र गोङ्बा , केदार थिङ् , मनिष घलान , सुजन कार्की , जितेन्द्र बोलखे , अजय सिन्तान , सन्दिप गोले , अन्जित भ्लोन , राजकुमार लामा , सोम बहादुर भ्लोन , निमा थिङ् , सन्देश पुलामी , रोशन मोक्तान , उमेश थोकरलाई चयन गरेको छ । कमिटीको सल्लाहकारहरु रामलाल लामा , तिर्थ भ्लोन , मोहन सिं मुक्तान , श्याम कुमार भ्लोन , राजु चौलागाई चयन हुनुभएको छ । कमिटीकाे उपाध्यक्ष र सह सचिव भने आगामी बैठकबाट चयन हुने छ । कार्यक्रममा नव गठीत समितिका अध्यक्ष शुरेस रुम्वाले युवाहरु लागु दुव्र्यवसनमा लागि परेको हुनाले अवका दिनमा युवाहरुलाई सही कार्यमा अगाडि बढाएर लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।