मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिका–१ मा कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार तेजबहादुर ब्लोन ३७५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार कमलबहादुर तितुङ लामाले ३६४ मत प्राप्त गर्नुभयो । ब्लोनले ११ मत अन्तरले विजयी हुनु भएको हो ।