मकवानपुर– हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरुले सोमबार जिल्ला समन्वय समिति मकवानपुरको भ्रमण गरेका छन् । विद्यालयका कक्षा ५ मा अध्यनरत विद्यार्थीहरुले सामाजिक विषय अन्तरगत फिल्ड अवजर्वेशन अन्तरग जिसस मकवानपुरमा अध्यन भ्रमण गरेका हुन् ।

विद्यार्थीहरुले देश संघीयतामा गएपछि जिल्ला समन्वय समितिले गर्ने कार्य सम्पादन तथा काम कर्तव्य अधिकारका बारेमा जानकारी लिएका थिए । विद्यार्थीहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिको गठन तथा कार्यालयबाट हुने कार्य सम्पादनका बारेमा जानकारी प्रदान गर्नुभएको थियो । उहाँले संविधानले दिएको अधिकार अनुसार जिल्ला समन्वय समितिले स्थानीय तहहरु बिच, प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय र सहकार्यको काम गर्नुका साथै स्थानीय तहहरुमा समानुपातिक काम भए कि भएनन भन्ने वारे अनुगमन गर्ने काम गर्ने गरेको जानकारी दिनुभयो । सिद्धार्थ माविका कक्षा ५ मा अध्यनरत करीब ६० जना विद्यार्थीहरु भ्रमणमा सहभागि थिए ।