मकवानपुर । मकवानपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता आजबाट हेटौंडामा सुरु भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु प्रतियोगितामा जिल्लाका २५ जना खेलाडीको सहभागिता रहेका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने सहभागीले क्रमशः ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ । साथै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर समेत प्राप्त गर्ने बताईएको छ । प्रतियोगिताको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले उद्घाटन गर्नुभएको हो ।
नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा हेटौँडा १० नम्बर वडा फुर्वा दोर्जे लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य बुद्धिराम डिम्डुङ, केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सानु लामा र नेपाल खेलकुद महासंघ बागमती प्रदेश सचिव जनरल श्रेष्ठलगायतको आतिथ्य रहेको खेलकुद महासंघ मकवानपुरका सचिव संगीत श्रेष्ठले जानकारी दिनुभयाे ।