मकवानपुर – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्मलाई आत्मसाथ गनुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आइतबार अयोजित कार्यक्रममा उनले संविधानको मर्मलाई आत्मसाथ गरेर अघि बढेमा संघियताप्रति जनविश्वास बढ्ने बताउनुभयो । जसले गर्दा सुखि नेपाली र समृद्ध नेपालको लक्ष्य प्राप्ति गर्न सहयोग पुग्ने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

संविधानले परिकल्पना गरेको समाजबाद उन्मुख अर्थतन्त्र, समाजिक न्यायमा आधारित समातामुलक समाजको लागि बागमती प्रदेशमा अथाहा प्राकृतिक स्रोतसाधन, पूर्वाधार, पर्यटन, सांस्कृतिक सम्पदा र विविध मानव स्रोतको उपयोग गरेर प्रदेशलाई समृद्ध बनाउन सकिने प्रदेश प्रमुख शर्माको भनाई थियो । उहाँले संविधान जारी भएको ६ वर्ष पुरा भएको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभेक्षा प्रकट गर्दै कोभिड–१९ नियन्त्रणमा आइनसकेकोले जनस्वास्थ्य मापदण्ड पालना गर्दै संविधान दिवस सुरक्षित तवरले प्रदेशमा मनाउन आग्रह गर्नुभयो ।
