सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा पहिरोको ढुंगाले लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी स्थित प्रहरी चौकी भैंसेमा कार्यरत प्रहरी जवान कृतिबहादुर नेपालीको पहिरोको ढुंगाले लागेर मृत्यु भएको हो ।
जाजरकोट घर भएका २२ वर्षीय नेपालीको गएराति हेटौंडाबाट कार्यलय तर्फ जाँदै गर्दा भीमफेदी–१ स्थित बुलबुलेमा पहिरोको ढुंगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । कार्यालयका अनुसार गएराति ड्युटीमा रहेका बेला चिप्लिएर लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि मोटरसाइकलमा राखेर हेटौंडा पठाइएको र उपचार गरेर फर्कने क्रममा बाटोमा माथिबाट खसेको पहिरोको ढुंगाले टाउकोमा गम्भीर चोट लागेको थियो । ढुंगाले लागेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । मृतक नेपाली जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८ का स्थाई बासिन्दा रहेको प्रहरीले जनाएको छ ।