हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका ४ थानसिङमा कोइला बालेर सेक्दा निस्सासिएर ४ दिने शिशु (बालक) को मृत्यु भएको छ । शनिबार घरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शिशुको बाबु २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निस्सासिएर बेहोस भएका थिए । उनीहरूलाई शनिबार नै हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको र विपनालाई थप उपचारको लागि चुरेहिल अस्पतालबाट भरतपुर पठाइएको छ । घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।