हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आफ्नो ५४ औं स्थापना दिवस भोली सोमबार मनाउदै छ । २०२६ साल फागुन १ गते स्थापना भएको तत्कालिन नगरपञ्चायतको बैठकको आधिकारीकतालाई मान्दै उपमहानगरले स्थापना दिवस मनाउन लागेको हो ।
स्थापना दिवसको पुर्व सन्ध्यामा अतिरीक्त क्रृयाकलाप सञ्चालन सँगै आज उपमहानगरले बिभिन्न सम्मान तथा पुरस्कार बितरण गर्ने बताइएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईका अनुसार ३ पुर्व नगर प्रमुखहरु, २ उपप्रमुख सहित बिभिन्न बिद्याका व्यक्तीहरुलाई सम्मानको कार्यक्रम रहेको छ ।
उपमहानगरले बिभिन्न बिधामा ख्याति कमाएका १३ जना, तत्कालिन हेटौंडा नगरपञ्चायतकोे पहिलो माइनुटमा हस्ताक्षर गर्ने ३ जना, हेटौंडा गाउँपञ्चायतका तत्कालिल प्रमुख, उपमहानगरका पुर्ब कर्मचारीहरु ९ जना, बारुण यन्त्र तर्फका कर्तव्य निष्ट कर्मचारी ९ जना र २५ बर्ष भन्दा वढि समय उपमहानगरका काम गरीसकेका ३८ जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरीने कार्यक्रम रहेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।
स्थापना दिवस पारेर हेटौंडा नगरसञ्चायतका पहिलो नगर प्रमुख स्वर्गिय बासुदेव रिजालको संगम चौकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरीने, नगर घण्टको स्थापना गर्ने, हेटौंडा दर्पण स्मारीकाको बिमोचन र डिजिटल सुचना पार्टी राख्ने कार्यक्रम रहेको प्रमुख कार्यकारी अधिकृत चौलागाईले जानकारी दिए ।
यस्तै स्थापना दिवसको अवसर पारेर उपमहानगरको अतिरीक्त क्रियकलाप समितिले महिला तथा पुरुष फुटबल, भलिवल, डण्डी बियो, म्यूजिकल चियर र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । आइतबार उपमहानगर प्राङगढमा आयोजित कार्यक्रममा ३१ जनाले रक्तदान गरेको समितिका संयोजक सुनिल मोक्तानले जानकारी दिए । स्थापना दिवसको बागमती प्रदेशका प्रदेश प्रमुख यादब शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जानाएको छ ।