मकवानपुर – मकवानपुरमा पछिल्लो एक वर्षमा मानब अधिकार उलंघनका ७० वटा घटना भएको पाईएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेशद्धारा नेपाल मानब अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि आयोजना गरिएको पुर्व समिक्षा कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले मानब अधिकार उलंघटनको विवरण सार्वजनिक गर्दै २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्म मकवानपुरमा मानव अधिकार उलंघन तथा ज्यादतीका ७० वटा घटना भएको जानकारी दिनुभयो । एक वर्षको अवधिमा मकवानपुरमा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका छन् । जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसंख्यक समुदायका व्यक्ति पीडित भएका छन् । यस्तै बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कार, ३ जना यौन दुरव्यवहार र १ नवजात शिशु हत्याको घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै पछिल्लो एक वर्षमा मकवानपुरमा २५ वटा घटनामा महिला अधिकार हनन् भएको छ । जसमध्ये १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको उल्लेख छ । यस्तै यसै अवधिमा ८ ओटा हत्याका घटना भएका छन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै १४ ओटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ ज लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको जनाएको छ । यस वर्ष परिवारजनबाट ४ जना बालिका सहित ५ ओटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरी सहित ६ ओटा हत्याको घटना प्रतिवेदनमा उल्लेख रहेको छ । यस्तै यस अवधिमा १० ओटा हत्याका घटना भएका थिए । जसमा ५ जना महिला र ४ पुरुष र एक कुटपिटको घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
इन्सेकको अभिलेखालयमा गतबर्ष सन् २०२१ मा मानव अधिकार उलंघन तथा ज्यादतीका ७८ ओटा घटनामा अन्य पक्षबाट ७८ जना मानिस पडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका थिए । बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुर्व्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका थिए । उक्त समयमा महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन दुर्व्यवहार र ६ जना बहुबिबाहको घटनामा पीडित भएका थिए । त्यस अवधिमा १० ओटा हत्याका घटना भएका थिए । जसमा ५ जना महिला र ४ पुरुष थिए एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ । यसैगरी सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उलंघन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ ।