प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने भएको छ । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेतालाई सरकारमा समावेश गराएर सरकार पुनर्गठन गरिने भएको हो ।जसपाका नेता केशव झाका अनुसार जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिल झा, विमल श्रीबास्तव, उमाशङ्कर अरगरिया, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र एकबाल मियालगायत ८ जना मन्त्री बन्नुका साथै चन्द्रकान्त चौधरी र रेनुका गुरुङ राज्यमन्त्री बन्ने पक्का भएको छ ।त्यस्तै एमालेबाट सरकारमा सहभागी भएका केही मन्त्रीलाई हटाई अन्य नेतालाई समावेश गराई मन्त्रीमण्डल बिस्तार गरिने भएको छ ।आज बेलुका ८ः०० बजे शपथ हुने जनाइएको छ ।