मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) महासंघ प्रदेश नम्बर ३ को प्रदेश स्तरीय भेला चितवनमा आयोजना हुने भएको छ । जिसस महासंघ ३ नम्बर प्रदेश कमिटिको आयोजनामा आगामि मंसिर ७ र ८ गते चितवनको सौराहामा दुई दिने भेलाको आयोजना हुने भएको हो ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने भेलामा संघीय मामिला मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव तोयम राय, नगरपालिका महासंघका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्षलगायतको उपस्थिती रहने प्रदेश कमिटिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभएको छ । कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखलगायत जिल्ला समन्वय समितिका सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारीहरु तथा समन्वय अधिकारीसमेतको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । भेलाले चितवन घोषणा पत्र समेत जारी गर्ने प्रमुख खुलाले बताउनुभयो ।

तयारीका विषयमा आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् प्रदेश कमिटि अध्यक्ष रघुनाथ खुलाल, जिसस चितवनका प्रमुख एवम् प्रदेश कमिटि प्रवक्ता कृष्ण कुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण बनलगायले छलफल समेत गर्नुभएको छ ।