मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकामा मतगणना जारी रहेको छ । जारी मतगणनामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको भएपनि मतपरिणामको अन्तर कम हुँदै गएको छ । पछिल्लो अपडेट अनुसार २ हजार मत गणना हुँदा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तानले १०७४ मत प्राप्त गर्नुभएको छ, भने नेकपा एमालेका हिदम लामाले ९११ मत प्राप्त गर्नु भएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट (कांग्रेस) का सञ्जीव श्रेष्ठ १०९३ र एमालेका पार्वती राना ९१३ मत प्राप्त गर्नुभएको छ । भीमफेदी गाउँपालिकामा कुल १७ हजार ४ सय २८ जना मतदाता मध्ये १२ हजार १ सय ६५ अर्थात (७० प्रतिशत) मत खसेको छ ।