मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकामा मतगणना जारी रहेको छ । जारी मतगणनामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको भएपनि मतपरिणामको अन्तर कम हुँदै गएको छ । पछिल्लो अपडेट अनुसार १६०० मत गणना हुँदा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तानले ७७७ मत प्राप्त गर्नुभएको छ, भने नेकपा एमालेका हिदम लामाले ६६४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट (कांग्रेस) का सञ्जीव श्रेष्ठ ७८० र एमालेका पार्वती राना ६६९ मत प्राप्त गर्नुभएको छ । भीमफेदी गाउँपालिकामा कुल १७ हजार ४ सय २८ जना मतदाता मध्ये १२ हजार १ सय ६५ अर्थात (७० प्रतिशत) मत खसेको छ ।